Logo

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन

अमेरिकाले स्थगित गरेका आयोजनामा दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयको निर्देशन



काठमाडौं । अर्थ मन्त्रालयले अमेरिकाले स्थगित गरेका चारवटा आयोजनामा दायित्व सिर्जना नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव महेश भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सहयोग नियोग (यूएसएड) को स्रोततर्फ कुनै दायित्व सिर्जना नगर्न स्पष्ट गरिएको छ।

यूएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षरित डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट (डीओएजी) अन्तर्गत प्राप्त अनुदान सहयोगका चारवटा आयोजनाहरु ९० दिनका लागि रोकिएको छ। यूएसएडले आइतबार पत्र पठाउँदै हेल्थ डाइरेक्ट फाइनान्सिङ, कृषि डाइरेक्ट फाइनान्सिङ, शिक्षा डाइरेक्ट फाइनान्सिङ, र इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ आयोजनामा प्राप्त अनुदान सहयोग स्थगित भएको जानकारी गराएको हो।

अर्थ मन्त्रालयले यस विषयमा सम्बद्ध निकायलाई सचेत गराउँदै स्थगित परियोजनाहरूमा कुनै वित्तीय दायित्व सिर्जना नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This