Logo

सिद्धबाबा सुरुङमार्ग वारपार छेडियो, प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट ब्रेकथ्रु

सिद्धबाबा सुरुङमार्ग वारपार छेडियो, प्रधानमन्त्रीले गरे भर्चुअल माध्यमबाट ब्रेकथ्रु



काठमाडौं । सिद्धार्थ राजमार्गको बहुप्रतीक्षित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको घोषणा गरेका हुन्। १ किलोमिटर ८९ मिटर लम्बाइको यो सुरुङमार्ग दक्षिण र पूर्वतर्फबाट खनेर पूर्ण गरिएको हो।

सडक विभागले २०७८ जेठ ९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई ठेक्का दिएको थियो। सात अर्ब ३४ करोड रुपैयाँमा सम्झौता भएको यो परियोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

आयोजनाका अनुसार ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको हो। यद्यपि ‘ब्रेक थ्रु’ भए पनि गाडी चल्न अझै एक वर्षभन्दा बढी समय लाग्नेछ। हालसम्म सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको छ।

यस परियोजना २०८३ सालभित्र पूर्ण रूपमा सम्पन्न गर्ने योजना रहेको आयोजनाले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This