Logo

बाढीले बगाएको बीपी राजमार्ग मर्मत सम्पन्न, आजदेखि २४ सै घण्टा सवारी संचालन हुने

बाढीले बगाएको बीपी राजमार्ग मर्मत सम्पन्न, आजदेखि २४ सै घण्टा सवारी संचालन हुने



काठमाडौं । अब बीपी राजमार्गमा २४ सै घण्टा सवारीसाधन संचालन हुने भएका छन् । असोजको बाढीले सुनकोशी र रोसी खोला बढेपछि क्षतविक्षत भएको बीमा राजमार्ग मर्मत भएसँगै २४ सै घण्टा संचालन हुने भएको हो ।

बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका छन् । यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म राति १० घण्टा सवारीसाधन चलाउन बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त खण्डमा सुख्खा पहिरो तथा खोला बगरमा ट्रयाक भएको, तथा बिभिन्न स्थानमा सडक साघुरो भएकोले सवारी साधन चलाउन रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्