Logo

काठमाडौं–हेटौडा सडक ३ दिन बन्द, बैकल्पीक सडक प्रयोग गर्न आग्रह

काठमाडौं–हेटौडा सडक ३ दिन बन्द, बैकल्पीक सडक प्रयोग गर्न आग्रह



काठमाडौं । काठमाडौं–फर्पिङ–हेटौंडा सडक तीन दिनका लागि पूर्ण रूपमा बन्द गरिएको छ। शुक्रबार, शनिबार र आइतबार सडक बन्द रहनेछ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार सूचना निकालेर सडक मर्मत गर्नुपर्ने भएकोले तीन दिन बन्द रहने बताएको हो।
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौंबाट मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको ट्राफिक प्रहरीको भनाइ छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा ह्युम पाइप राख्ने काम भइरहेको कारण आवागमन रोकिएको हो।
सडकखण्ड आजबाट तीन दिनसम्म बन्द हुने ट्राफिक प्रहरीले निकालेको सूचनामा उल्लेख छ।
सवारी साधन वैकल्पिक सडकको रुपमा हेटौंडा–पालुङ–काठमाडौँ र कान्तिलोकपथको हेटौँडा–ठिगन–काठमाडौं सडक प्रयोग गर्न पनि प्रहरीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्