Logo

मुग्लिन नारायणगढ सडकखण्डमा राति सवारीसाधन चलाउन रोक, शनिबार बिहान मात्रै खुल्ने

मुग्लिन नारायणगढ सडकखण्डमा राति सवारीसाधन चलाउन रोक, शनिबार बिहान मात्रै खुल्ने



काठमाडौं । शुक्रबार राति मुग्लिन नारायणगढ सडकखण्डमा सवारीसाधन आवतजावत बन्द गरिएको छ । अविरल वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै चितवन जिल्ला सुरक्षा समितिको बैठकले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको हो ।

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने जानकारी दिए । अत्यावश्यक सवारी भने सञ्चालन हुनेछन् ।

नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ ।

प्रतिक्रिया दिनुहोस्