Logo

कालिकोटको गगने खोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध

कालिकोटको गगने खोलामा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध



काठमाडौं । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

उनले पहिरो पन्छाउने काम भइरहेको बताए । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL