Logo

महानगरपालिकाको ‘स्टिल स्ट्रक्चर’ विल्डिङ टेकुमा बनाइने, ९ रेक्टर स्केलसम्मको भुकम्प धान्ने

महानगरपालिकाको ‘स्टिल स्ट्रक्चर’ विल्डिङ टेकुमा बनाइने, ९ रेक्टर स्केलसम्मको भुकम्प धान्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुमा स्टिल स्टक्चर विल्डिङ निर्माण गर्ने भएको छ । महानगरपालिकाको कार्यलय संचालनका लागि सो विल्डिङ बनाउन लागेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । भुकम्पले महानगरपालिकाको भवन भत्केपछि हाल जेडिए कम्प्लेक्समा आफ्नो कार्यलय सञ्चालन गर्दै आएको छ ।

उनका अनुसार स्टक्चरको डिजाइन तयार भइसकेकोे छ । महानगरपालिकाले टेकुको नगर प्रहरी व्यारेक भएको ठाउँमा ४० हजार स्क्वायर फिटमा दुई ओटा भवन निर्माण गर्न लागेको हो । ती भवन निर्माणका लागि ३० करोड रुपैयाँ लाग्ने बताइएको छ ।

metropolitationcity_stell_building

 

सो स्टिल स्टक्चर विल्डीङले ९ रेक्टरसम्मको भुकम्प थेग्न सक्ने कार्कीले जानकारी दिए । ७ रोपनी जग्गामा निर्माण गर्न लागिएको हो । भवनमा साना तथा ठुला हलहरु समेत निर्माण गरिने छ ।

काम शुरु गरेको ६ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य अनुरुप काम अघि बढाइने महानगरले जानकारी दिएको छ । सो भवने नेपालकै पहिलो स्टिल स्टक्चर भवन हुने महानगरको दावी छ । टेकुमा भवन निर्माण गरेसँगै कर्मचारीहरु त्यहाँ सिफ्ट हुनेछन् ।

यता काठमाडौं महानगरपालिकाको हालको कार्यलय बागदरबारको भने रेट्रो फिटिङ गर्न लागिएको छ । महानगरपालिकाले सो स्थानमा आधुनिक भवन बनाउने भने पनि पुरातत्व विभागले सो भवनलाई रेट्रो फिटिङ गर्न निर्देशन दिएको थियो । सोही अनुरुप रेट्रो फिटिङ प्रक्रिया अघि बढीसकेकोे छ ।

प्रतिक्रिया दिनुहोस्