Logo

साढे २ लाख घर बनाउन सम्झौता, ३५ हजार पाए पैसा, १ लाख गुनासो प्राप्त

साढे २ लाख घर बनाउन सम्झौता, ३५ हजार पाए पैसा, १ लाख गुनासो प्राप्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले भुकम्पबाट अति प्रभावित जिल्लाहरुमा २ लाख ४४ हजार वटा घर बनाउन सम्झौता गरेको छ । हिजो सम्ममा उक्त सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ ।

भुकम्पबाट अति प्रभावित १२ जिल्लामा निजी आवास पुननिर्माणका लागि प्रक्रिया अघि बढाएको छ । ती जिल्लाका ५ लाख ३३ हजार निजी घर पुननिर्माण गर्नुपर्नेमा हालसम्म साढे २ लाखको मात्र सम्झौता भएको छ ।

हालसम्म सम्झौता भएका मध्ये ३५ हजार घर निर्माणका लागि मात्र प्रथम किस्ता निकासा दिइएको छ । सवैभन्दा बढी गोरखा र दोलखामा निजी आवास पुनर्निर्माणका लागि रकम निकासा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्झौताको क्रममा झण्डै १ लाख गुनासा प्राप्त भएको छ । पिडीतहरुको आफ्नो नाममा जग्गा धनी पूर्जा नभएका कारण सम्झौता हुन नसकेको, दोस्रो चरणको सर्वेमा छुटेको, बाढी पहिरोका कारण साविकको स्थानमा घर बनाउन समस्या भएकोजस्ता गुनासो प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्