Logo

२३ निर्माण कम्पनी कालोसूचीमा, कुन कुन कम्पनी परे ?

२३ निर्माण कम्पनी कालोसूचीमा, कुन कुन कम्पनी परे ?



काठमाडौं । २३ ठेकेदार कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै पप्पु कन्सट्रक्सनदेखि नुरी कन्सट्रक्सनलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कार्यालयका अनुसार उक्त कम्पनीहरुले विभिन्न समयमा विभिन्न कामको ठेक्का लिएर समयमै काम सम्पन्न गर्न सकेका थिएनन् । जसलाई विभिन्न कार्यालयहरुले १ देखि साढे १ बर्षसम्म कुनै पनि ठेक्कामा हातै हाल्न नपाउनेगरी कालोसूचीमा रोखका हुन् ।
कालोसूचीमा पर्ने कम्पनीमा पप्पु कन्स्ट्रक्सन, कोशी एण्ड न्यौपाने निर्माण सेवा, नतासा निर्माण सेवा, त्रिवेणी निर्माण सेवा, समृद्धि निर्माण सेवा, नव निर्माण विल्डर्स र चेतना युकेएन जेभी छन्।

यस्तै कार्यालयले बिकेबी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, बुढाथोकी निर्माण सेवा, नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, एकेएज कन्स्ट्रक्सन, के आर निर्माण सेवा, माबोहाङ निर्माण सेवा, अर्वन कन्स्ट्रक्सन, लामा बुद्ध निर्माण तथा सामाग्री सप्लायर्स, एक्सन बिल्डर्स, नुरी कन्स्ट्रक्सन, अन्जल निर्माण सेवा, अनुष्ठान कन्स्ट्रक्सन, योद्धा निर्माण सेवा र जय भगवती निर्माण सेवालाई पनि कालोसूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL