Logo

चालुआवमा उपत्यकाका ९ किलोमिटर सडक पुनःनिर्माण गरिदै, करिव रु.२८ करोड लाग्ने

चालुआवमा उपत्यकाका ९ किलोमिटर सडक पुनःनिर्माण गरिदै, करिव रु.२८ करोड लाग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ९ दशमलम ३३ किलोमिटर सडक पुनः निर्माण गर्ने भएको छ । सडक पुन निर्माणका लागि बोलपत्र आह्वान गरीएको महानगरपालिकाका पूर्वाधार विकास महाशाखा प्रमुख सुरेशकुमार राईले बताए ।

उनका अनुसार ९ दशमलव ३३ किमी सडक पुन निर्माणका लागि रु २८ करोड लाग्ने छ । बोलपत्रको समय सके सँगै पुनः निर्माणको काम सुरु गरिने उनले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले २०६९ सालदेखि हालसम्ममा २७ दशमलव ९ किलोमिटर सडकको पुनः निर्माण गरेको छ । जुन योजना भन्दा कम हो । सो समय देखि हालसम्मको लागि ३४ दशमलव ५६ किलोमिटर सडक पुनः निर्माण गर्ने योजना रहेकोमा ७ किलोमिटर सडक पुनः निर्माण हुन नसकेको हो ।

विद्युत प्राधीकरण र टेलिकमले समयमा नै पोल नसार्दा सडक पुन निर्माणमा ढिलाई भएको राईले बताए । ‘साथै नाकाबन्दीको कारण भएको इन्धन अभावले गर्दा योजनामा परेका सडक समयमानै पुनः निर्माण गर्न समस्या भएको हो ’ उनले भने ।

महानगरपालिकाले निर्माण सम्पन्न भएका सडकललाई विभिन्न ६ वटा प्याकेजमा विभाजन गरेको छ । पहिलो प्याकेज अन्र्तगत सुर्य विक्रम ज्ञावली मार्ग, लिक मार्ग,कुमारी मार्ग,सेतीओपी मार्ग,घट्टेकुलो पिपलबोट डिल्लीबजार मार्गको काम सम्पन्न भईसेकेको छ भने ।

त्यसैगरी दोस्रो प्याकेज अनर्तगत चक्कु मार्ग,दशरथचन्द्र मार्ग सामाुदायिक तथा सुविधा मार्ग,लाम्टागिङन मार्गको निर्मााण कार्य सम्पन्न भईसेको छ । तेस्रो, चौँथो ,पाँचौँ  र छैटौँ प्याकेज मध्ये मैजुवहाल मार्ग, श्रम मार्ग गौरी गल्लि श्रीनगर मार्ग न्यु प्लाजा मार्गको मात्रको मात्र सडकको काम सक्न बाँकी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL