Logo

पुरानो बसपार्कको पार्किङ बुधवारदेखि खुल्लामञ्चमा, टावर निर्माण कार्य तत्काल थालिने

पुरानो बसपार्कको पार्किङ बुधवारदेखि खुल्लामञ्चमा, टावर निर्माण कार्य तत्काल थालिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पुरानो बसर्पाकमा पार्किङ गरिने सवारी साधनलाई खुल्लामञ्चमा सारिने भएको छ । आगामी बुधवारदेखि बसपार्कको पार्किङ खुल्लामञ्चमा सार्न लागेको हो । हाल खुल्लामञ्चमा पार्किङका लागि पिच गर्ने काम भइरहेको जलेश्वर, स्वछन्द र विकोइका  अध्यक्ष मनोज भेटुवालले जानकारी दिए ।

यससँगै उपत्यकाका थानकोट, बालाजु, तिनकुने तथा बाहिरका सवारीहरु खुल्लामञ्चमा पार्क गरिने छ । पार्किङ सारेसँगै टावर निर्माणको काम शुरु गरिने उनले जानकारी दिए ।

कम्पनीले बनाउन लागेको १२ तले काठमाडौं भ्यु टावरको निर्माण शुरु गरेको १८ महिनामा सक्ने लक्ष्य राखेको छ । भेटुवालका अनुसार सो टावरको लागत साढे ३ अर्व अनुमान गरिएको छ । बसपार्कमा बन्न लागेको टावरको निर्माण लागत सुरुमा ८१ करोड भनिएको थियो । नाकाबन्दी पछि सिमेन्ट, छडलगायत निर्माण सामग्रीको भाउ बढेकोले लागमा बृद्धि भएको  बताइएको छ ।

टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ । टावरको सवैभन्दा तल अर्थात ग्राउन्ड फ्लोरमा अरनीको बसको पार्किङ रहनेछ । त्यस्तै त्यसको माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ ।

सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने उनले जानकारी दिए । नेपाली संस्कृति झलकने विभिन्न स्वदेशी उत्पादनका साथै विदेशी सामग्रीहरु राखिने कामपाले जानकारी दिएको छ ।

सो भवन मौलिकपन झल्काउन सोही अनुरुपका बस्तुहरु प्रतिविम्वको रुपमा राख्ने बताइएको छ । अत्याधुनिक सुविधा सम्पन्न सो भवनको लुक्सले नेपाली कला संस्कृतिको आनन्द दिने छ।  काठमाडौं महानगरपालिकाले टावर निर्माणका लािग जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरेको हो । दुई पक्षबीच गत फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो ।

सम्झौता अनुसार ति कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० बर्षसम्म चलाउनेछन् । त्यस्तै सुरु गरेको ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने तथा त्सपछिका २५ बर्ष सञ्चालन अवधि रहनेछ ।

३० बर्षपछी कम्पनीले सो भवन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL