Logo

खाली जग्गा कम भएसँगै नक्सा पासमा कमी, दैनिक करिव १५ वटा निवेदन

खाली जग्गा कम भएसँगै नक्सा पासमा कमी, दैनिक करिव १५ वटा निवेदन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा खाली जग्गा कम हुन थालेपछि घर नयाँ घर बन्ने क्रम घटेको छ । यससँगै घर निर्माणका लागि नक्सा पास गर्नेको सङख्यामा पनि कमी आएको काठमाडौं महानगरपालिकाका सहरी विकास विभाग प्रमुख इञ्जिनियर राम थापाले जानकारी दिए ।

त्यसो त भूकम्पको त्रास तथा नक्सा पासमा कडा नियम लागु गरिदाँ नक्सा पास गर्नेको संख्यामा कमी आएको उनले जानकारी दिए । त्यस्तै पछिल्लो समय अपार्टमेन्टमा बस्ने चलन बढेकोले गर्दा पनि नक्सा पास कम भएको बताए ।

थापाका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष अत्यन्तै न्युन सङख्यामा मात्र नक्सा पास गर्नको लागि निवेदन आएको छ । अघिल्ला वर्षहरुमा वार्षिक रुपमा ६ हजार सम्म नक्सा आउने गरेकोमा अहिले वार्षिक ३ हजार मात्र नक्सा पासको लागि निवेदन परेको जानकारी उनले दिए ।

‘ अहिले दैनिक १० देखि १५ वटा मात्र नक्सा पासको लागि निवेदन आउने गरेका छन’ उनले भने । त्यस्तै नक्सा पासको लागि परेको निवेदनमा ९० प्रतिशत मात्र पास हुने गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्