Logo

मोट्रेक्सले पायो नेपालमा गाडी उत्पादनको अनुमति, पश्चिम सेती भारतीय कम्पनीलाई दिने तयारी

मोट्रेक्सले पायो नेपालमा गाडी उत्पादनको अनुमति, पश्चिम सेती भारतीय कम्पनीलाई दिने तयारी



काठमाडौं । नेपालमा विद्युतीय गाडी एसेम्बल गर्नका लागि लगानी प्रस्ताव गरेको कोरियन कम्पनी मोट्रेक्सले गाडी एसेम्बल गर्न पाउने भएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले कम्पनीलाई विद्युतीय गाडी उत्पादन गर्न दिने निर्णय गरेको हो ।

कोरियन कम्पनी मोट्रेक्सले यसअघि लगानी बोर्ड समक्ष सबै प्रकारका गाडीहरु नेपालमै एसेम्बल गर्ने प्रस्ताव गरेको थियो । तर, बोर्डले भने विद्युतीय गाडी मात्रै उतपादनको अनुमति दिएको बोर्ड स्रोतले जानकारी दिएको छ । कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लागतमा एसेम्बलिङ प्लान्ट स्थापना गर्ने बताएको थियो ।

यस्तै सोमबारको लगानी बोर्डको बैठकले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल अघि बढाउने निर्णयसमेत गरेको छ ।

अब चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र परेको पश्चिम सेती आयोजनामा एनएचपीसीसँग लगानी मोडालिटीबारे छलफल लगानी बोर्डले गर्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्