Logo

मेलम्चीको पानी आउन बन्द, गेग्रान भरिने डरले सुरुङमार्गको मुख्य द्वार बन्द गरियो

मेलम्चीको पानी आउन बन्द, गेग्रान भरिने डरले सुरुङमार्गको मुख्य द्वार बन्द गरियो



काठमाडौं । मंगलबारदेखि मेलम्ची खानेपानी आयोजनाको सुरुङको मुख्य ढोका बन्द गरिएको छ । सुरुङभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि आयोजनाले मुल ढोका बन्द गरेको हो ।
मेलम्ची आयोजनाको सुरुङमार्गको मुख्य द्वार नै बन्द गरिएपछि काठमाडौंमा मेलम्चीको पानी आउन बन्द भएको छ । यस्तो हुँदा काठमाडौंमा वितरण गरिने पानीको समयतालिकासमेत हेरफेर गरिएको बताईएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरि प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ ।

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरूङमा पथान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL