Logo

भौतिक मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब विनियोजन, काठमाडौंका चारै प्रवेश विन्दुमा सुरुङको सम्भाव्यता अध्ययन

भौतिक मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब विनियोजन, काठमाडौंका चारै प्रवेश विन्दुमा सुरुङको सम्भाव्यता अध्ययन



काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आईतबार संसदमा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् ।
विभिन्न सडकहरुको यात्रा छोट्याउने, चितवन पुग्न १ घण्टा लाग्नेगरी चन्द्रागिरी चित्लांग चितवन द्रुतमार्ग निर्माण गर्ने, मध्यपहाडी लोकमार्ग चाँडै सम्पन्न गर्ने, करिडोरको निर्माण चाँडो सम्पन्न गर्ने, काठमाडौं तराई द्रुतमार्ग ३ बर्षमा सम्पन्न गर्ने, पूर्वपश्चिम राजमार्गलाई शाखा सडकसँग जोड्नेलगायतका कामहरु यसमा परेका छन् ।

यस्तै सरकारले यस अन्तर्गत काठमाडौं उपत्यकाको बढ्दो सवारीचाव नियन्त्रण, उपत्यकाका निर्माणाधिन सडकको चाँडो विस्तार गर्ने, ग्वार्कोमा फ्लाईओभर निर्माण गर्ने लगायतका कार्यक्रमहरु पनि बजेटमा समेटिएका छन् ।

काठमाडौंका चारै प्रवेशद्वारमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने बताईएको छ । काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा प्रतिश्थापन गर्ने कुरा बजेटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्