Logo

निजगढ विमानस्थल बनाउने निर्णय सर्वाेच्चद्वारा खारेज, विकल्प खोज्न आदेश

निजगढ विमानस्थल बनाउने निर्णय सर्वाेच्चद्वारा खारेज, विकल्प खोज्न आदेश



काठमाडौं । बाराको निजगढ अन्तरराष्ट्रिय विमानस्थल नबनाउन सर्वाेच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।

यसअघि वातावरण संरक्षण अभियन्ताहरुले वातावरणमा व्यापक असर पर्ने भन्दै आयोजना विरुद्ध सर्वाेच्च्मा रिट दायर गरेका थिए । तत्पश्चात् न्यायाधिसहरुले विमानस्थल बनाउने सरकारको निर्णय वदर गरिदिएका हुन् । तर, अन्तरराष्ट्रिय विमानस्थ्ल बनाउनै पर्ने भए विकल्प खोज्न सर्वाेच्चले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL