Logo

विद्युतिय बस ल्याउन प्रक्रिया अघि बढ्यो, सडक अध्ययनका लागि चिनीयाँ टोलि नेपाल आउदै

विद्युतिय बस ल्याउन प्रक्रिया अघि बढ्यो, सडक अध्ययनका लागि चिनीयाँ टोलि नेपाल आउदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा विदुतीय बस ल्याउने सम्वन्धमा प्रक्रिया अघि बढेको छ ।  जसअनुसार नेपालको सडक अध्ययनका र विद्युतिय बसको सम्भाव्यता अध्ययनका लागि चीनीयाँ टोलि आउने भएका छन् । चीनको मोटर कम्पनी सिआरआरसीटीका टोलि नेपाल आउन लागेका हुन् ।

टोलि मार्च ५ सम्ममा काठमाडौं आइपुग्ने महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए । ‘कम्पनीका प्रतिनिधिले नेपाली सडकमा कस्ता गाडी उपयोगी हुन्छन् भन्ने बारे अध्ययन गर्छ’ उनले भने । अध्ययन सकिएलगतै खरीदको प्रक्रिया शुरु गर्ने समेत उनले जानकारी दिए ।

महानगरपालिकाका टोलि चीन गएको बेलामा कम्पनीसँग हाल रहेको गाडी नेपाली सडक सुहाउँदो नभएको भनेपछि चीनीयाँ प्राविधिक सहितको टोलिले नेपालको सडक अधययनमा इच्छा देखाएका थिए ।e bus .

काठमाडौं महानगरपालिकाले चीन सरकारको सहयोगमा सो कम्पनीसँग अपांगमैत्री विद्युतिय(ई) बस लागेको हो । चीनले नेपाल सरकारलाई अनुदान स्वरुप २० ओटा विद्युतीय बस उपलब्ध गराउन लागेको हो । त्यस्तै नेपाल सरकारले काठमाडौं महानगरपालिकासँग मिलेर १० ओटा विद्युतीय बस खरीद प्रक्रिया सँगै अघि बढाएको छ ।

चीनले उपलब्ध गराउन लागेको विद्युतीय बस एक पटक चार्ज गरेपछि २ सय किलो मिटरसम्म चल्ने छ । सो बस फुल चार्ज गर्न ३ घण्टा लाग्ने बताइएको छ । त्यस्तै एउटा चार्जिङ पम्पबाट दुई ओटा बस चार्ज गर्न मिल्छ । १४ इन्चको ग्राउण्ड क्लियरेन्स सो विद्युतीय बसको विशेषता हो । जसले गर्दा स्लोभको माध्यमबाट अपांगहरुले ह्वील चियरबाट बसमा चढ्न सक्छन् ।

त्यस्तै बस भित्र ह्विीलचियर अट्ने छुट्टै ठाउँको समेत व्यवस्था गरिने छ । बसका केही सिटहरु पनि अपांगमैत्री बनाउन प्रस्ताव गरिएको अधिकारी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
MBL