Logo

यस्तो छ चीनले दिने अपांगमैत्री विद्युतीय बस, तस्विर सहित

यस्तो छ चीनले दिने अपांगमैत्री विद्युतीय बस, तस्विर सहित


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अपांगमैत्री विद्युतिय(ई) बस ल्याउने भएको छ । महानगरपालिकाले चीन सरकारको सहयोगमा यसप्रकारको ई वस ल्याउन लागेको हो ।

इ बस ल्याउनका लागि महानगरको प्राविधिक सहितको एक टोलि गत साता चीन भ्रमणमा गएको थियो । उक्त टोलिले नेपाली सडक सुहाउँदो अपांगमैत्री बस प्रदान गर्न निर्माता कम्पनीलाई आग्रह गरेको अध्ययन टोलिमा संलग्न तथा महानगरपालिकाका पिपिपि शाखाका प्रमुख शिव अधिकारीले जानकारी दिए ।

चीनको मोटर कम्पनी सिआरआरसीटीले यसप्रकारको बस उपलब्ध गराउन लागेको हो । ‘कम्पनीका केही प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भनेका छन्,’ उनले भने ‘अध्ययन सकिएलगतै आएपछि खरीदको प्रक्रिया शुरु गर्ने छौं ।’

चीनले नेपाल सरकारलाई अनुदान स्वरुप २० ओटा विद्युतीय बस उपलब्ध गराउन लागेको हो । त्यस्तै नेपाल सरकारले काठमाडौं महानगरपालिकासँग मिलेर १० ओटा विद्युतीय बस खरीद प्रक्रिया सँगै अघि बढाएको छ ।

यस्ता छन् विद्युतीय बसका विशेषता

चीनले उपलब्ध गराउन लागेको विद्युतीय बस एक पटक चार्ज गरेपछि २ सय किलो मिटरसम्म चल्ने छ । सो बस फुल चार्ज गर्न ३ घण्टा लाग्ने बताइएको छ । त्यस्तै एउटा चार्जिङ पम्पबाट दुई ओटा बस चार्ज गर्न मिल्छ ।

१४ इन्चको ग्राउण्ड क्लियरेन्स सो विद्युतीय बसको विशेषता हो । जसले गर्दा स्लोभको माध्यमबाट अपांगहरुले ह्वील चियरबाट बसमा चढ्न सक्छन् । त्यस्तै बस भित्र ह्विीलचियर अट्ने छुट्टै ठाउँको समेत व्यवस्था गरिने छ । बसका केही सिटहरु पनि अपांगमैत्री बनाउन प्रस्ताव गरिएको अधिकारी बताउँछन् ।

e bus,

चीनले ३५ सीट क्षमताको विद्युतीय मिनीबस सहयोगको प्रस्ताव गरेकोमा महानगरले भने कम्तीमा ४० सीट भएको बस दिन आग्रह गरेको छ । सानो बस ल्याउदा भन्सार छुटमा समस्या हुने र थोरै यात्रु अट्ने भएकाले पनि बढी सीट भएको बस ल्याउन गृहकार्य गरिएको उनको भनाइ छ ।

त्यस्तै महानगरपालिकाले उक्लने तथा ओर्लने गरी २ ओटा ढोका सहितको बस माग गरेको छ । महानगरले माग गरेको विद्युतीय बस कम्तिमा ११ मिटर लामो हुने बताइएको छ । विद्युतीय बसको मूल्य २ करोड रुपैयाँ हुने अधिकारीले जानकारी दिए ।

e bus .महानगरका अनुसार ती अत्याधुनिक एवं ठूला इलेक्ट्रिक बसहरु साझा यातायातमार्फत सार्वजनिक सवारीका रुपमा उपत्यकामा प्रयोग हुनेछन् । भारतीय नाकाबन्दीका कारण इन्धन आपूर्तीमा भएको समस्याको मध्यनजर गर्दै चीन सरकारले स्थानीय विकास मन्त्रालयमार्फत नेपाललाई त्यस्ता बस दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्