Logo

मनकामना केबुलकार ४ दिनको लागि बन्द, एनालगबाट डिजिटलमा रुपान्तरण गरिँदै

मनकामना केबुलकार ४ दिनको लागि बन्द, एनालगबाट डिजिटलमा रुपान्तरण गरिँदै



काठमाडौं । नेपालको पहिलो मनकामना केबुलकार ४ दिनका लागि बन्द हुने भएको छ । स्तरोन्नतीका लागि आगामी आइतबारदेखि ४ दिनका लागि केवुलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

कम्पनीका अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द गर्न लागिएको हो । मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ। उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछन्। कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो।

लामो समयदेखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पार्ट्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो। साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरु पनि स्तरोन्नति गर्ने जनाइएको छ। चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ।

कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछन्। यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबुलकार हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL