Logo

रेल्वे विभागको महाप्रवन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने निर्णय

रेल्वे विभागको महाप्रवन्धकमा निरञ्जन झालाई नियुक्त गर्ने निर्णय



काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रस्तावित एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल निकट झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिएका थिए।

सरकारले बिहीबार नै वाग्मती प्रदेशको प्रदेश प्रमुखमा माधव नेपालको सचिवालयमा लामो समय काम गरेका यादव शर्मालाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL