- सरकारले ल्याउने नीति तथा आर्थिक गतिविधिले व्यवसायीक क्षेत्रलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । व्यवसायीका समस्या समाधान गर्न महासंघको तर्फबाट पहल गर्न सकिन्छ भन्ने उद्देश्यले महासंघ बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको छु ।
- सरकारको खर्बौ रुपैयाँ ढुकुटीमा थन्किएर बसेको छ । त्यसलाई कसरी परिचालन गरेर देशको आर्थिक वृद्धिदर उकास्ने भन्ने विषयमा पनि ध्यान पुगेको देखिन्न । सरकारलाई झक्झक्याउने विषयमा महासंघको प्रभावकारी पहल आवश्यक छ ।
नेपाली कार्पेट बजारमा हेरिटेज स्थापित ब्राण्ड हो । अत्याधुनिक प्रविधिसहितको उत्पादनले हेरिटेजको बजार विस्तार व्यापक छ । त्यहिं हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको बस्तुगत तर्फको केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् । चिया तथा बैंक वित्तीय क्षेत्रमा आवद्ध ढकालको व्यवसायी क्षेत्रमा काम गरेको लामो अनुभव छ । उनको उम्मेदवारीको औचित्यका विषयमा बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले कुराकानीको सार ।
व्यवसायमा सफलता हात पारेको व्यक्ति महासंघको राजनीतिमा आउने तयारी गर्नुभएछ । के छ महासंघमा ?
देशको राजनीतिसँग व्यवसाय जोडिएको हुन्छ । यसलाई महासंघको राजनीति भन्ने कि देशको ? लामो संघर्ष पछि व्यवसायमा सफलता हात पारेको छु । नेपालमै पहिलो पटक हेरिटेजले आधुनिक प्रविधिबाट म्याटे«सको लागि आवश्कय ‘इपीई सीट’ बनाएको छ । हेरिटेज कार्पेट, रबराइज्ड म्याट्रेसका साथै चियामा पनि आबद्ध छु भने बैंक वित्तीय क्षेत्रमा पनि मेरो संलग्नता छ । अहिले विभिन्न क्षेत्रको ६÷७ वटा व्यवसायमा संलग्न छु । महासंघको राजनीतिले पनि व्यवसायमा असर गर्छ ।
सरकारले ल्याउने नीति तथा आर्थिक गतिविधिले व्यवसायीक क्षेत्रलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । तर, त्यसलाई निराकरण गर्न व्यवसायीक क्षेत्रबाट थप पहल आवश्यक छ । त्यस्ता समस्या समाधान गर्न महासंघको तर्फबाट पहल गर्न सकिन्छ भन्ने उद्देश्यले महासंघ बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको छु । अहिले बजारमा तरलता अभावको समस्या छ । सरकारको खर्बौ रुपैयाँ ढुकुटीमा थन्किएर बसेको छ । त्यसलाई कसरी परिचालन गरेर देशको आर्थिक वृद्धिदर उकास्ने भन्ने विषयमा पनि ध्यान पुगेको देखिन्न । सरकारलाई झक्झक्याउने विषयमा महासंघको प्रभावकारी पहल आवश्यक छ ।
महासंघमा तपाइको भुमिका चाहीं के हुनेछ ?
मैले लामो समयसम्म व्यवसायीक क्षेत्रमा हासिल गरेको ज्ञान र शीपलाई महासंघको बृद्धि विकासमा लगाउन सकिन्छ भन्ने सोचेर महासंघमा प्रतिनिधित्व गर्न खोज्दै छु । अहिले सरकारी ढुकुटीमा ठूलो रकम थन्किएर बसेको छ । यसरी पैसा जम्मा गरेर राख्नु भनेको अर्थतन्त्रमा ठूलो असर पुर्याउनु हो । अर्थ मन्त्रालयले किन त्यो रकम अहिले बजारमा ल्याउन सकेन ? सरकारी ढुकुटीमा पैसा होल्ड भएकै कारण बजारमा तरलता अभाव भएको छ भने देशको आर्थिक बृद्धिदर समेत खुम्चिन पुगेको छ । अहिले हामीले जुन आर्थिक बृद्धिदरको आशा गरिरहेको छौं, यहि गतिमा अघि बढ्ने हो भने त्यो त सम्भव छैन । देशमा धेरै खालका ‘फण्डामेन्टल’ कमजोरी हुँदा पनि सरकार तथा महासंघको कम ध्यान पुगेको जस्तो देखिन्छ । त्यसमा सुधार ल्याउन सहयोग गर्नु मेरो भुमिका रहन्छ ।्
तपाइ चिया उद्योगबाट प्रतिनिधित्व गर्ने भन्दै हुनुहुन्छ । तर चिया उद्योगमा पछिल्लो समय धेरै समस्याका कुरा बाहिर आइरहेका छन् । यसलाई समाधान गर्न तपाइको पहल के हुन्छ ?
नेपालको अर्थतन्त्र नै आयातबाट चलिरहेको छ । चिया मात्र यस्तो बस्तु हो जसको कच्चापदार्थ नेपालमै पाइन्छ । यसको सम्भावना धेरै छ । केही अघिसम्म इलाम र झापामा मात्र यसको खेती हुन्थ्यो । तर, अहिले १५ भन्दा बढी जिल्लामा व्यवसायीक खेती हुन थाल्यो । नेपालको लागि चिया एउटा ठूलो सम्भावना बोकेको क्षेत्र हो ।
यसको बजारीकरणको लागि सरकारले ध्यान दिएको छैन । चिया बोर्ड गठन गरिएको छ तर त्यहाँ चिया सम्बन्धी जानकारी नै नभएको व्यक्ति सरकारी नियुक्तीबाट प्रमुख हुन आइपुग्छन् । हामी कहाँ अनुसन्धान केन्द्र नहुँदा समस्या भएको हो ।
चिया किसान र उद्योगी दुवैले एकअर्कामा बुझ्न नसक्दा पनि समस्या सिर्जना भएको छ । अन्य देशको उदाहरण हेर्ने हो भने चिया अनुदानमा आधारित व्यवसाय हो । तर नेपालमा कागजमा सबै काम हुन्छ व्यवहारिक रुपमा लागू हुँदैन । अहिले जग्गाको मूल्य उच्च रुपमा बढेका कारण चिया लगाउन जग्गा समेत छैन । चिया उद्योगमा देखिने समस्या समाधान गर्न सरकारले निश्चित रकम अनुदान दिनु जरुरी छ ।
महासंघमा पुगेपछि चियाको निर्यात बृद्धिका लागि केकस्ता पहल गर्नुहुन्छ ?
धेरै समयसम्म हामी आयात गथ्र्यौ तर अहिले नेपालमै उत्पादनकोे ६० प्रतिशतले मात्र नेपालको आवश्यकता धानेको छ र अन्य बाँकी निर्यात हुन्छ । नेपालको चिया प्रवद्र्धनका लागि विदेशस्थित नेपाली कुटनीतिक नियोगले पनि खासै चासो देखाएका छैनन् । महासंघका तर्फबाट चिया उद्योगको वृद्धि विकास तथा निर्यातमा लाग्न सरकारलाई झक्झक्याउने काम गर्न र त्यसमा सहयोग गर्नु मेरो का हुनेछ । अहिले पनि बजारमा भारतीय चियाको बर्चश्व छ । तर भारतीय चियाको तुलनामा नेपाली चिया एकदमै उत्कृष्ट छ । भारत तथा श्रीलंकाले आफ्नो देशको चियाको बजारीकरणमा विभिन्न प्रचारप्रसारका काम गरेका छन् तर नेपालमा हुने सकेको छैन । आगामी दिनमा महासंघको तर्फबाट नेपाल सरकारसँग सहकार्य गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा व्यापार मेला तथा बजारीकरणको लागि जुट्नेछु ।
अहिले नेपालको चिया भारत गएर दार्जलिङ चियाबाट ब्राण्डिङ भइरहेको छ । इलामको चिया दार्जलिङको तुलनामा राम्रो हुँदाहुँदै पनि ब्राण्डिङ हनु सकेको छैन । त्यसलाई ब्राण्डिङ गर्न महासंघको तर्फबाट नेपाल सरकार र निर्यात प्रवद्र्धन केन्द्रसँग पहल गर्नेछु ।
अहिले महासंघ भित्र बस्तुगत परिषद्ले व्यवसायीक हकतिहका लागि काम गर्न सकिरहेको देखिँदैन नि ?
देशका व्यवसायीक समस्याहरु धेरै छन् । तर त्यसो भन्दैमा महासंघ पन्छिन मिल्दैन । महासंघ भित्र रहेका समस्या तथा आफुले गरेका कामलाई पत्रकार सम्मेलन गरेर मिडिया सामु ल्याउन सक्नुपर्छ । केही हदसम्म सरकारी नीति नियम पनि बाधक छ । यसको लागि महासंघले लविङ गर्न सक्नु पर्छ । त्यसमा सचिवालयले जागरुकता त्यति देखाएको छैन । सचिवालय सरकारी ढर्रामा चलेको छ । यसलाई अझै मजबुत बनाउनु जरुरी छ ।
बस्तुगत संघलाई बलियो बनाउन क्षेत्रगत तालिम तथा गोष्ठी गर्नु आवश्यक छ । त्यसका लागि आर्थिक सहायता जुटाउनु पर्छ । महासंघले ७५ वटै जिल्लामा मेला आयोजना गर्न थालेको छ । त्यसबाट गाउँगाउँका उत्पादनले सहज रुपमा बजार पाउन थालेका छन् । अबका दिनमा त्यस्ता मेला तथा प्रदर्शनीमा बस्तुगत संघलाई पनि समेटेर अघि बढ्नुपर्छ ।
महासंघभित्र पनि बस्तुगत संघलाई छुट्टै सचिवालयको रुपमा विकास गर्ने भन्ने कुरा आएको थियो, तर हुन सकेको छैन । यसलाई अघि बढाउन के पहल गर्नुहुन्छ ?
मैले बस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा उम्मेदवारी दिएको छु । उहाँकै नेतृत्वमा रहेर बस्तुगत संघलाई सशक्त बनाउन भुमिका निर्वाह गर्ने छु । लामो समयदेखि छुट्टै सचिवालयकोे अवधारणा ल्याएपनि त्यसले सार्थकता पाउन सकेको छैन । अब हामी गएपछि त्यसलाई द्रुत गतिमा अघि बढाउने छौं ।
बस्तुगत संघको छुट्टै सचिवालय नहुँदा पनि त्यस्ता संघले उत्पादन गरेको उत्पादन बजारीकरणमा समस्या देखिएको छ । छुट्टै सचिवालय बनाएपछि त्यसले बढी महत्व पाउनेछ । बस्तुगत परिषद्को लागि अलग्गै सचिवालय हुनेछ ।
अहिले महासंघमा प्यानल बनाएर चुनावी मैदानमा उत्रनु भएको छ । यदि व्यवसायीको हितमै काम गर्ने हो भने स्वतन्त्र आउन सकिदैन ?
यो बस्तुगत संघमा बस्तुगतकै साथीहरुले मात्र भोट दिएर आउने हो । प्यानल विना पनि आउन सकिन्छ । त्यो आफ्नो क्षमतामा भर पर्ने विषय हो । यदि व्यवसायीहरुले सक्षम र इमान्दार देख्नुभयो भने आउन सकिन्छ । तर, महासंघमा क्षेत्रगत रुपमा प्यानल नै बनाएर चुनावी मैदानमा आउने परिपाटीको विकास भएको छ । जसले गर्दा प्यानलमै जाँदा चुनाव जित्न पनि सजिलो हुन्छ भने कार्यसमितिमा टीम नै आउदा आफ्नो एजेण्डा कार्यान्वयमा ल्याउन पनि सहज हुन्छ ।
चुनावको मिति आउन एक हप्ता पनि बाँकी छैन । यो अवस्थामा आफ्नो चुनावी प्रचारप्रसारलाई कसरी अघि बढाउनु भएको छ ?
विधानतः अहिलेका वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष हुँदै हुनुहुन्छ । हाम्रो टीमले अबको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छालाई अघि सारेको छ । जसमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगतबाट उमेशलाल श्रेष्ठ, एशोसिएट्समा चन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान हुनुहुन्छ । जसमध्ये एशोसिएट्स उपाध्यक्ष ढकाल निर्विरोध भइसक्नुभएको छ । मैले पनि सोही टीममा रहेर आफ्नो चुनावी प्रचारप्रसारलाई अघि बढाइरहेको छु ।
हेरिटेज कार्पेट : बजार खोज्दै विदेशसम्म