काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि महासंघमा आगामी कार्यकालका अध्यक्ष भवानी राणाले शेखर गोल्छाको प्यानल घोषणा गरेकी छिन् । राणाले मंगलबार एक कार्यक्रमबीच वरिष्ठ उपाध्यक्ष गोल्छा लगायत अन्य पदाधिकारीको घोषणा गरेकी हुन् ।
अबको कार्यकालमा आफुलाई सफल रुपमा महासंघ चलाउन बलिया हातहरु चाहिने र ती हात शेखर गोल्छा समुहमा रहेको भन्दै आफुले समर्थन गरेको बताइन् । गोल्छा समुहका सफल, सवल र कर्मठ व्यक्तिहरु रहेको र जसले गर्दा आफुलाई महासंघ चलाउन सजिलो हुने उनको कथन थियो ।
उम्मेदवारी घोषणा सभामा वरिष्ठ उपाध्यक्षका उमेदवार शेखर गोल्छा, गोल्छा समूहबाट जिल्ला नगर उपाध्यक्ष–दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष–उमेश लाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्ष–चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष– ज्ञानेन्द्रलाल प्रधानको मात्र उम्मेदवारी घोषण भएको छ । उक्त प्यानलले अरु सदस्यको भने उम्मेदवारी घोषणा गरेको छैन । जसमा एशोसिएट्टतर्फका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भने निर्विरोध निर्वाचित भइसहेका छन् ।