Logo

६४ पदमा लागि १ सय ११ को उम्मेदवारी, हेर्नुहोस कुन पदमा कति

६४ पदमा लागि १ सय ११ को उम्मेदवारी, हेर्नुहोस कुन पदमा कति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनको लागि १ सय ११ जनाको उम्मेदवारी परेको छ । निर्वाचित कुल ६४ पदको लागि १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका महासंघका निर्देशक हंशराम पाण्डेले जानकारी दिए ।

pradhan_pannel

उनका अनुसार वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र शेखर गोल्छाको उम्मेदवारी परेको छ भने बस्तुगत तर्फको उपाध्यक्षमा भने तीन जनाको उम्मेदवारी परेको छ । जसमा शंकर पाण्डे, उमेश श्रेष्ठ र अनुपबहादुर मल्लले उम्मेदवारी दिएका हुन् । मल्लले स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि बस्तुगत उपाध्यक्षमा तीन जनको उम्मेदवारी परेको हो ।

golchha_team

 

एशोसिएट्स तर्फको उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकालको मात्र उम्मेदवारी परेको छ । सो पदमा एकजनाको मात्र उम्मेदवारी परेपछि उनलाई निर्विरोध घोषणा गरिएको छ ।

महासंघले आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय दिएको थियो । सो अवधिमा १८ जना जिल्ला तथा नगरतर्फको केन्द्रिय समस्यमा २९ जनाको उम्मेदवारी परेको छ । यसैगरी बस्तुगततर्फको १४ जना सदस्यको लागि २७ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी नयाँ संरचना अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ जना केन्द्रिय सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।

पाण्डेका अनुसार द्रिराष्ट्रियबाट एक जना सदस्यमा अजय मुडवरीको मात्र आवेदन परेको छ भने संस्थापक सदस्यको एक पदमा पनि अविनाश बोहोराको मात्र आवेदन परेको छ । सो पदमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरुलाई पनि निर्विरोध घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्