काठमाडौं । व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग व्यवसायी महासंघको उम्मेदवारी दर्ता नै ३ लाख रुपैयाँ सम्म रहेको छ ।
विधान संसोधनबाट बर्तमान वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष भएसँगै अहिले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदैछ । जसमध्ये वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले मनोनयन दर्ताको लागि ३ लाख रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।
यसैगरी महासंघको उपाध्यक्ष पदमा १ लाख ५० हजार रुपैयाँ र र सदस्य पदका लागि ५० हजार मनोनयन शुल्क बुझाउनु पर्ने महासंघले जनकारी दिएको छ ।
महासंघमा एक जना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था छ । यसैगरी क्षेत्रगत रुपमा ३ जना उपाध्यक्ष रहने व्यवस्था छ । जसमध्ये वरिष्ठ उपायध्क्षमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् भने जिल्ला नगर उपाध्यक्षमा दुई र बस्तुगत उपाध्यक्षमा तीन जानले उम्मेदवारी दर्ता गराएका छन् । तर, एशोसिएट्स उपाध्यक्षमा भने एक जनाको मात्र मनोनयन परेको छ ।
महासंघमा हिजो जिल्ला नगरबाट १७ जना, एशोसिएट्बाट २७ जना र बस्तुगततर्फ १९ जना सदस्यले उम्मेदवारी दर्ता गराएको महासंघका निर्देशक हंशराम पाण्डेले जानकारी दिए ।
आज पनि उम्मेदवारी दर्ताको समय भएकाले बेलुका मात्र पुरा जानकारी आउने पाण्डेले जानकारी दिए ।