कामठाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा तीन जना उम्मेदवारबीच प्रतिस्र्धा हुने भएको छ । स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका अनुपबहादुर मल्लले आफ्नो उम्मेदवारी फिर्ता गर्ने आकलन गरिएपनि आज टीम सहित उम्मेदवारी दिएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
आजै मात्र बस्तुगत उपाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी उमेश श्रेष्ठले १४ सदस्यीय टीम सहित विहान उम्मेदवारी दर्ता गराएका हुन् भने मल्लले ६ सदस्य सहित उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षकै अर्का प्रतिस्पर्धी शंकर पाण्डेले भने सोमबार प्यानल सहित उम्मेदवारी दर्ता गराउँदैछन् ।
बस्तुगत सदस्यमा १४ जना रहने प्रावधान रहेपनि आफुले ६ सदस्य सहित उम्मेदवारी दिएको मल्लले जानकारी दिए । ‘महासंघमा आवश्यक साथीहरु अन्य टीममा पनि पर्नु भएको छ,’ उलने भने, ‘त्यसैले हाम्रो टीमबाट ६ जना सदस्यको मात्र उम्मेदवारी दर्ता गराएका हौं ।’
उनको समुहबाट सदस्यहरुमा प्रकाश सिंह कार्की, भक्त हमाल, शुरज बज्राचार्य र नरेललाल श्रेष्ठले आज उम्मेदवारी दर्ता गराएका छन् । तुलसी गिरी र हेमराज बडालले भने भोली उम्मेदवारी दर्ता गराउने मल्लले जानकारी दिए ।
अब त मैले चाहेर पनि साथीहरुले उपाध्यक्षबाट पछि हट्न दिनुहुन्न