Logo

बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानल तयार, कोको छन् सदस्यमा

बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानल तयार, कोको छन् सदस्यमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा लागि बस्तुगततर्फ बाट उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठको टीम तयार भएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समुहबाट बस्तुगत उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठको १४ सदस्यीय प्यानल तयार भएको हो ।

अहिले बस्तुगत उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका उम्मेदवार शंकर पाण्डे र अनुपबहादुर मल्लले टीम निर्माणको लागि गृहकार्य गरिरहँदा श्रेष्ठको भने पुरै टीम तयार भएको उनी निटक स्रोतले जानकारी दिएको छ ।

नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष अञ्जन श्रेष्ठ उमेशलालको प्यानलमा गएपछि सदस्यहरुको टुङ्गो लागेका उनका टीमका एक सदस्यले जानकारी दिए । लामोसमयसम्म उपाध्यक्षका उम्मेदवार अनुपबहादुर मल्ललाई आफ्नो टीममा ल्याउन छलफल गरेपनि सफल नभएपछि हिजो बेलुका सदस्यहरुको नाम टुङ्गो लगाइएको ती सदस्यले जानकारी दिए ।

उमेशलालको टीममा रहेका सदस्यहरुमा हेमराज ढकाल, अञ्जन श्रेष्ठ, रविन श्रेष्ठ, कमला श्रेष्ठ, जय शिवाकोटी, सन्दिप अग्रवाल, सुरेन्द्र श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ, आकास अधिकारी, खेमराज पन्त, हेमरत्न शाक्य, विनोद ढकाल र लोकनाथ गैरेको नाम टुङ्गो लागेको छ । बस्तुगतमा कुल १४ सदस्यमध्ये १३ जनाको टुङ्गो लागेपनि एक जनाको विषयमा अझै छलफल हुन बाँकी रहेको जानकारी दिएका छन् । बाँकी एक जना सदस्यामा हंशराज वाग्ले वा अन्य कुनै व्यक्ति ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।

तर उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सदस्य टुङ्गो लगाउने विषयमा अझै छलफल भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL