Logo

पर्यटन भिसाको लागि सबै संस्थाले आवदेन दिन सक्ने, ५ दिनको क्वारेन्टाईन अनिवार्य

पर्यटन भिसाको लागि सबै संस्थाले आवदेन दिन सक्ने, ५ दिनको क्वारेन्टाईन अनिवार्य



काठमाडौं । नेपालमा पर्यटन भित्र्याउनका लागि पर्यटन भिसाका लागि यस क्षेत्रसँग सम्बद्ध सबै संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि कोरोनाको कारण नेपाल पर्यटन बोर्डले पर्यटन भिसा सिफारिसका लागि नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाललाई मात्रै त्यस्तो अधिकार दिएकोमा अबका दिनमा यससँग आवद्ध सबै संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

बोर्डले विज्ञप्ती जारी गरेर अबका दिनमा अन्य संघसंस्थाबाट प्राप्त निवेदनको आधारमा समेत पर्यटन भिसा दिने जानकारी दिएको छ । देशमा कोरोनाको असर कम भई पर्यटनका अन्य क्षेत्रहरु क्रमशः खुल्ला हुँदै गईरहको भन्दै पर्यटन गतिविधिमा सलग्न अन्य संस्थाहरुले समेत पर्यटकको भिषा सिफारिस आवश्यक भएमा सम्बन्धित सस्थाहरूबाट आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

त्यसरी पर्यटक भिसाको लागि आवेदन दिन सम्बन्धित संस्थाले नेपाल आउने पर्यटकको नाम, पासपोर्ट नम्बर सहित आवश्यक सबै कागजात संलग्न रहेको भनी प्रमाणीत गरेको सिफरिस पत्र, पर्यटकको पासपोर्टको प्रतिलिपीसहित नेपाल भ्रमण तालिका, पर्यटकले कम्तीमा ५ दिन होटल क्वारेन्टाइनमा रहने गरी बुकिङ गरेको कागजात पेश गर्नुपर्ने हुन्छ । साथै कम्पनी दर्ताको कागजात, ट्राभल इन्स्योरेन्स र त्यसरी शिफारिस गर्ने कम्पनीको कर चुक्ताको प्रमाणपत्र समेत आवश्यक पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL