Logo

महासंघको ऊर्जा तथा वातावरण समिति विस्तार, सह–सभापतिमा शैलेन्द्र गुरागाईँ

महासंघको ऊर्जा तथा वातावरण समिति विस्तार, सह–सभापतिमा शैलेन्द्र गुरागाईँ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको ऊर्जा तथा वातावरण समिति विस्तार भएको छ । बुधबार एक कार्यक्रमबीच समितिका सभापति गोपाल खनालको नेतृत्वमा उक्त समिति विस्तार गरिएको हो ।

सो समितिका सह–सभापतिमा महासंघकै केन्द्रिय सदस्य एवं स्वतन्त्र ऊर्जा उत्पादक संघका निवर्तमान अध्यक्ष शैलेन्द्र गुरागाईँलाई चयन गरिएको छ । लामो समयदेखि ऊर्जा क्षेत्रमा संलग्न गुरागाई सो क्षेत्रका अनुभवी र विज्ञ समेत हुन ।

यसैगरी समितिको सदस्यहरुमा श्याम खेतान, इन्द्र खनाल, शम्भु बिक्रम थापा, हेमप्रसाद पाठक, श्रीमान अधिकारी, चन्द्र चण्डन र रामबहादूर श्रेष्ठलाई चयन गरिएको छ । यसैगरी आमन्त्रित सदस्यहरुमा गुरुप्रसाद ढकाल र शुभाशिष थपलियालाई चयन गरिएको छ ।

यस्तै सो समितिको सल्लाहकारहरुमा ऊर्जा क्षेत्रका विज्ञहरुको तर्फबाट ज्ञानेन्द्रलाल प्रधान, मोतीला दुगड, शिवप्रसाद घिमिरे र शेखर अर्याललाई नियुक्त गरिएको छ ।

समिति विस्तारसँगै ऊर्जा क्षेत्र विकासका लागि आफु अझै सशक्त रुपमा लागि पर्ने समितिका सहसभापति शैलेन्द्र गुरागाईँले बताए । ‘अहिले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा धेरै लगानी गरेर आयोजना बनाएका छन् तर त्यसरी उत्पादिन विद्युत कहाँ खपत गर्ने भन्ने दिर्घकालिन योजना छैन,’ उनले भने, ‘हामीले विद्युत उत्पादन गरेर मात्रै हुँदैन तसर्थ यस समितिले अबका दिनमा वितरण र खपत बढाउने तर्फ काम गर्नेछ ।’

साथै समितिमा रहेर ऊर्जा क्षेत्रको विकास विस्तारका लागि सरकारसँग नीति रुपमा लविङ गरिने समेत उनले जानकारी दिए । यसैगरी अबका दिनमा क्रस कटिङका समस्याहरुलाई कसरी समाधान गर्ने भन्नेतर्फ समितिले काम गर्ने समेत गुरागाईँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL