Logo

प्रधानमन्त्रीद्धारा बुटवलमा लुम्बिनी केबलकारको शिलान्यास : आइएमई ग्रुपको मुख्य लगानी, २ वर्षमा निर्माण सम्पन्न हुने

प्रधानमन्त्रीद्धारा बुटवलमा लुम्बिनी केबलकारको शिलान्यास : आइएमई ग्रुपको मुख्य लगानी, २ वर्षमा निर्माण सम्पन्न हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटवलदेखि पाल्पा जोड्ने केबलकार शिलान्यास गरेका छन् । प्रधानमन्त्रीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको दिउँसो १२ बजे बुटवलको बम्घाटमा शिलान्यास गरेका हुन् । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।

नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ ।

कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गरे। स्थानीयको समेत लगानी भएको लुम्बिनी केबलकार निर्माणका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

केबलकारले धार्मिक, साँस्कृतिक, रोजगारीलगायतका क्षेत्रमा उल्लेख्य सफलता प्राप्त हुने प्रधानमन्त्रीको भनाइ छ ।

सरकारले रुपन्देही र पाल्पाअन्तर्गत पर्ने ६.७ हेक्टर बन क्षेत्रको प्रयोगका लागि स्वीकृति दिइसकेको छ। केबलकार करिब ३ किलोमिटरको हुनेछ। केबलकारको अन्तिम स्टेसन पाल्पाको बसन्तपुरमा पाँचतारे होटल समेत निर्माण हुने बताइएको छ ।

वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि रहेको केबलकारमा १७ वटा डब्बा हुनेछन् । एक डिब्बामा ८ जना चढ्न सकिन्छ। लुम्बिनी केबलकार प्रालि २ वर्षमा सकिने कम्पनीले बताएको छ । आइएमई ग्रुपले काठमाडौंको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL