Logo

नेपाल टेलिकमको नाफा १ अर्ब ६९ करोड रुपैयाँले घट्यो, ६ महिनामा कमायो ३ अर्ब २८ करोड

नेपाल टेलिकमको नाफा १ अर्ब ६९ करोड रुपैयाँले घट्यो, ६ महिनामा कमायो ३ अर्ब २८ करोड



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा गत आवको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँले घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै ६ महिनामा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा टेलिकमको बिक्री आम्दानी १८ अर्ब ३ करोड रुपैयाँबाट घटेर १७ अर्ब ७२ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, टेलिकमको अन्य आम्दानी पनि ३ अर्ब ८८ करोड रुपैयाँबाट घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ। टेलिकमको सञ्चालन तथा मर्मत, ह्रासकट्टी जस्ता खर्चहरुमा केही वृद्धि भएको छ।

नाफासँगै टेलिकमको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ। टेलिकमको प्रतिशेयर नेटवर्थ ६ सय ३५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८ दशमलव ८० गुणा रहेको छ।

१५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमको चुक्ता पूँजी त्यति नै रहँदा जगेडा कोषमा ७६ अर्ब ८४ करोड रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्