Logo

नराम्रो बाटोमा नलाग्न बीमा समितिका अध्यक्षको बीमा कम्पनीलाई निर्देशन, डेढ महिनाभित्र सबै कोरोना बीमा दावी भुक्तानी गरिने

नराम्रो बाटोमा नलाग्न बीमा समितिका अध्यक्षको बीमा कम्पनीलाई निर्देशन, डेढ महिनाभित्र सबै कोरोना बीमा दावी भुक्तानी गरिने



काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई गलत बाटोमा नलाग्न निर्देशन दिएका छन् । शुक्रबार आफ्नो पदभार ग्रहण गर्दै उनले कम्पनीहरुलाई बीमा समितिले नराम्रो काम गरेमा थप्पड पनि हान्ने बताएका हुन् । ‘तपाईँहरु नराम्रो काममा नलाग्नुहोला,’ बीमा कम्पनीहरुलाई ईँगित गर्दै उनले भने, ‘हामी तपाईँहरुको बुवा हौं, बुवाले छोरालाई नराम्रो काम गरेको मौकामा थप्पड हान्ने अधिकार पनि राख्दछ ।’

यस्तै उनले दुई छाक खान पनि नपुग्नेको पहुँचमा पनि बीमा सेवा पुग्नुपर्नेमा जोड दिएका छन् । बीमा समितिको प्रयासले पुण्यको काम हुनु पर्ने भएकाले गरिव जनताको पहुँचमा पनि बीमा पुग्नु पर्ने उनको भनई थियो । कार्यक्रममा बोल्दै उनले अब बीमा समितिले कोरोना बीमा दावी भुक्तानी फास्ट ट्र्याकमा गर्दै अबको डेढ महिनाभित्र सबै दावी भुक्तानी गर्ने समेत प्रतिवद्धता दिए । उनले

बीमा क्षेत्रका समस्यालाई आफ्नो क्षमताले भ्याएसम्म समाधान गर्दै जाने बताएका छन्। सिलवालले बीमा क्षेत्रलाई नियन्त्रण गर्ने भन्दा पनि व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भने ‘हामीलाई नियन्त्रण मात्रै गर्ने बातावरण बनाइदिनुस, यसले कसैलाई पनि राम्रो गर्दैन। नियन्त्रक मात्रै हुने हो भने विगार्छ । त्यसैले हामी व्यवस्थापनमा जानु पर्छ।‘ यसको विकासका क्षेत्रहरु के के हुन सक्छन् भन्ने कुरामा सबैको बुझाइ हुनु पर्ने सिलवालको तर्क छ।

उनले आफ्नो कार्यकालमा बीमा क्षेत्रलाई सकेसम्म व्यवस्थीत बनाउनतिर लाग्ने उल्लेख गरेका छन् ।
यस्तै उनले बीमा कम्पनीहरुलाई कानुनको उल्लघन गरेर अख्तियारसम्मको बाटोमा नपुग्न उनले सबैलाई अनुरोध गरेका छन्। बीमा क्षेत्रका सबै पक्ष आफुले नजान्ने भएकाले कुन क्षेत्रमा बीमाको दायरा पुग्नु पर्ने थियो र नपुग्नुका बाधक के के हुन् र के गर्दा यसको विस्तार होला त्यो गर्न आफु तयार भएको सिलवालले बताए।

प्रतिक्रिया दिनुहोस्
MBL