Logo

एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर फ्रिली ट्रेड गर्न पाइने, नेप्सेले कारोबार नरोक्ने

एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर फ्रिली ट्रेड गर्न पाइने, नेप्सेले कारोबार नरोक्ने



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर पनि फ्रिली ट्रेड (दोस्रो बजारमा खरिदबिक्री) गर्न पाइने भएको छ । सुरुवाती चरणमा शतप्रतिशत साधारण सेयर रहेको सो कम्पनीको सेयर पछि हकप्रद जारी गरेर उक्त सेयरलाई संस्थापक सेयरमा परिणत गरिएको थियो ।

तत्कालीन समयमा नियामक निकायले हकप्रदमार्फत संस्थापक सेयरमा परिणत गर्न फिट एण्ड प्रमर टेष्ट नगरी स्वत दिएको र अहिले पनि बजारमा ठूलो मात्रामा कारोबार भइरहेका कारण सो कम्पनीको सेयर फ्रिली ट्रेड गर्न आफुहरुले रोक्न नमिल्ने नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

‘हाम्रो काम लगानीकर्ताको भनाई हेर्ने हो,’ उनले भने, ‘अहिले धेरै लगानीकर्ताले सो कम्पनीको सेयर बजारमा फ्रिली ट्रेड गरिरहेका छन् अब हामीले रोक्दा उनीहरुको ठूलो रकम गुम्ने छ तसर्थ हामीले सो सेयरको कारोबार रोक्न मिल्दैन ।’

तत्कालिन समयमा निकायम निकाय धितोपत्र बोर्ड तथा बीमा समितिले पनि विना अध्ययन तथा फिट एण्ड पर्पर टेस्ट नगरी साधारण सेयरलाई हकप्रदमार्फत संस्थापकमा परिणत गर्न दिएका कारण हाल लगानीकर्तासँग सानो सानो कित्ता संस्थापक सेयर रहेको छ । उक्त फ्रिली ट्रेड गर्न नपाउँदा लगानीकर्ताहरु थप मारमा पर्ने हुँदा अहिलेकै अवस्थमा कारोबार गर्न पाउने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

हाल लगानीकर्ताहरु एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयर फ्रिली ट्रेड गर्न पाउने वा नपाउने भन्ने विषयमा अन्यौलमा परेका छन् । तर नेप्सेका अनुसार अबका दिनमा लगानीकर्ताहरुले सो कम्पनीको सेयर फ्रिली ट्रेड गर्न सक्नेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकको प्रमोटर सेयर अहिले फ्रिलि ट्रेड भएको र एभरेष्ट इन्स्योरेन्सको पनि उस्तै विशेष केस भएकाले कारोबार गर्न पाउने सम्बद्व लगानीकर्ताको भनाई छ ।

बीमा समितिले चार वर्ष अगाडि बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न निर्देशन दिएको थियो । साथै तत्कालिन समयमा धितोपत्र बोर्डले सबै साधारण सेयर रहेको भन्दै संस्थापक साधारण सेयर छुट्याउन निर्देशन दिएको थियो । बोर्डको निर्देशनसँगै कम्पनीले सुरुमा १०५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै उक्त हकप्रद सेयरबाट कायम सेयरधनीलाई संस्थापक सेयरधनी मान्ने प्रस्ताव गरेको थियो । उक्त व्यवस्थाका कारण अहिलो एभरेष्ट इन्स्योरेन्समा १०-२० कित्ता सेयर भएका संस्थापक लगानीकर्ताको संख्यासमेत उच्च रहेको छ ।

नियम अनुसार संस्थापक सेयरको कारोबार गर्नुभन्दा अगाडि कम्पनीको बोर्डबाट स्वीकृति लिएर बीमा समिति र धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै कारोबार गर्न पाइन्छ । तर सो कम्पनीलाई पहिलानै फिट एण्ड पर्पर टेष्ट नगरी संस्थापक सेयर दिएको र अहिले धेरै लगानीकर्ताहरुले दोस्रो बजारमा फ्रिली ट्रेड गरिरहेकाले अहिलको अवस्थामा रोक्न नमिल्ने सीइओ साउद बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL