Logo

चन्द्रागिरी हिल्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, अर्को साताबाट दोश्रो बजारमा कारोबार

चन्द्रागिरी हिल्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, अर्को साताबाट दोश्रो बजारमा कारोबार



काठमाडौं । चन्द्रागिरी हिल्सको साधारण शेयर (आईपीओ) लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कम्पनीको आईपीओ बुधबार गोलाप्रथाबाट शेयर प्राप्त गरेका शेयरधनीको खातामा जम्मा गरेको हो ।

कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले आगामी साताको आइतबारदेखि नै धितोपत्रको दोस्रो बजारमा कारोबार गराउने जनाएको छ ।

चन्द्रागिरी हिल्सले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

उक्त शेयर माघ ९ गते शुक्रबार बाँडफाँड गरिएको थियो । जसमा १ लाख ३९ हजार ६०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले र २ जनाले ११ कित्ता पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL