काठमाडौं । जेफ बेजोसले अमेजनको प्रमुख कार्यकारी अधिकृतको पद छोड्ने भएका छन् । अमेजनका संस्थापक रहेका बेजोस अब अमेजनको कार्यकारी चेयरमेनको रुपमा मात्र काम गर्ने घोषणा गरेका हुन् ।
कर्मचारीलाई एक पत्र लेख्दै बेजोसले आफुले ने काम हेर्ने भन्दै अमेजनको प्रमुख कार्यकरी प्रमुखको पद छोड्ने घोषणा गरेका हुन् ।
अब अमेजनको प्रमुख कार्यकारी प्रमुखको पद भने एण्डी जास्सीले सम्हाल्ने छन् ।
सन १९९५ मा बेजोसले आफ्नो ग्यारेजबाट शुरुवात गरेको अमेजन अहिले विश्वमा १.७ ट्रीलियन डलरको कम्पनि रहेको छ ।
अमेजनले यसै बर्षको दोस्रो हाफबाट बेजोसले प्रमुख कार्यकारी अधिकृतको काम छोड्ने बताएको छ ।
कोरोना महामारीका बेला २०२० मा अमेजनले २०१९ को तुलनामा ३८ प्रतिशत बढी समान विक्री गरेको थियो । त्यस्तै अमेजनको २०२०मा नाफा पनि डबल भएको थियो ।