Logo

डेढ करोड जनताले खोले बैंक खाता

डेढ करोड जनताले खोले बैंक खाता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालका झण्डै डेढ करोड जनताले बैंक खाता खोलेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हालसम्म १ करोड ४९ लाख ३४ लाख ६ सय पुगेको छ । यो तथ्याङ्क अनुसार नेपालका झण्डै ५६ प्रतिशत जनसंख्या बैंक तथा वित्तीय क्षेत्रमा आवद्ध भएको देखिन्छ । जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख रहेको छ ।

तर, एउटै व्यक्तिको धेरै खाता भएकोले धेरै खाता देखिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । तर, विभिन्न सरोकारवाला निकायले भने नेपालका ४० प्रतिशत जनता मात्र बैंकिङ क्षेत्रमा आवद्ध भएको बताउँदै आएका छन् ।

२०७१ भदौको तुलनामा गत भदौमा निक्षेप खाता संख्या करीब १४ प्रतिशतले बढेको हो । ०७१ भदौमा निक्षेप खाता संख्या १ करोड ३१ लाख १३ हजार ८ सय मात्र रहेको थियो ।

सोही अवधिमा ऋण खाता संख्या पनि बढेको छ । हाल ऋण खाता १० दशमलव १८ प्रतिशतले बढेर १० लाख ३३ हजार ३ सय पुगेको छ । अघिल्लो भदौसम्म यस्तो खाता संख्या ९ लाख ३७ हजार ८ सय मात्र रहेको थियो ।

मर्जर तथा एक्जिशनका कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्था भने घटेको छ । पछिल्लो १ वर्ष बैंक तथा वित्तीय संस्थाको संख्या साढे ३ प्रतिशतले घटेको हो । बैंकिङ क्षेत्रको साक्षरता बढेसँगै बैंक खाता खोल्ने क्रम बढेको बैंकरहरुले बताएका छन् ।

भदौसम्म नेपालमा एटिएम (डेविट कार्ड) प्रयोगकर्ता संख्या पनि ४५ लाख ३१ हजार पुगेका छन् । एटीम प्रयोगकताएको संख्या अघिल्लो वर्षको तुलनामा ९ दशमलव ७३ प्रतिशतले बढेको बढी हो । ०७१ भदौसम्म एटिएम प्रयोगकर्ताको संख्या ४१ लाख २९ हजार ७ सय मात्र रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL