Logo

नेपाल ईन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, भाग्यमानी ४ लाख ९२ हजारले पाए ६० कित्ता

नेपाल ईन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, भाग्यमानी ४ लाख ९२ हजारले पाए ६० कित्ता



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेको प्राथमिक सेयर (आईपीओ)को बाँडफाँड भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको कार्यालयमा शुक्रबार बिहान १० बजे सेयर बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७ सय २० कित्ता सेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ ।
त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले सेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका छन् । भने ६ हजार २ सय ७६ वटा आवेदन रद्ध भएको क्यापीटलले जानकारी दिएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यस मध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL