Logo

कोरोनामा पनि प्रभु बैंकको व्यवसाय विस्तारमा छलाङ, खराबकर्जा घट्यो, ६ महिनामा कमायो १ अर्ब ५१ करोड

कोरोनामा पनि प्रभु बैंकको व्यवसाय विस्तारमा छलाङ, खराबकर्जा घट्यो, ६ महिनामा कमायो १ अर्ब ५१ करोड



काठमाडौं । प्रभु बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले कोरोना समयमा पनि व्यवसाय विस्तार गर्दै आफ्नो नाफामा ३९.८७ प्रतिशतले सुधार गरेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आवको पहिलो ६ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न गरेको छ । तर बैकले गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । सो अबधिमा बैंकले नियामकिय निकायको व्यवस्था पछि ९९ करोड ९८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ९.७२ प्रतिशतले बढाएको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेको वित्तीय विवरणमा उल्लेख छ । कुल ११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ ।

यसैगरी बैंकले सो अबधिमा आफ्नो व्यवसाय विस्तार गर्दै निक्षेप तथा कर्जा दुबैमा उल्लेख्य सुधार गरेको छ । बैंकले ६ महिनाको आबधिमा २५.८५ प्रतिशतले निक्षेप बढाएर बढेर १ खर्ब ६२ अर्ब रुपैयाँ पुर्याउँदा कर्जा प्रबाह २६.८२ प्रतिशतले बढाएर १ खर्ब २६ अर्ब रुपैयाँ पुर्याएको छ ।

सो अबधिमा बैैंकले आफ्नो खराब कर्जा समेत घटाउन सफल भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३.१२ प्रतिशत रहेको चालू आबको सोही अबधिमा आईपुग्दा घटाएर २.०६ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ । त्यसैगरी, बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL