Logo

२०२० को अन्तिमसम्म कोरोनाको खोप तयार हुने डब्लुएचओको दाबी, २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण

२०२० को अन्तिमसम्म कोरोनाको खोप तयार हुने डब्लुएचओको दाबी, २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण



काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचअले सन् २०२० को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । डब्लुएचअका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताएका हुन् ।

गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरे । कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्लुएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ ।

यो कार्यक्रम अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिइएको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही सातामा नै अमेरिकी कम्पनीको खोप तयार हुने दाबी गरेका छन् ।

त्यस्तै रुसले तेस्रो चरणको परीक्षण हुनुभन्दा अगाडि नै खोपको घोषणा गरिसकेको छ । उता चीनले पनि तेस्रो चरणको परीक्षण जारी रहेकै बेला खोपको आपतकालीन प्रयोग सुरु गरिसकेको बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL