Logo

कम्युनिष्ट पार्टीको सदस्यता लिएका नेपालीले अब अमेरिकाका लागि डीभी भर्न नपाईने, अमेरिकाले जारी गर्यो नयाँ कानुन

कम्युनिष्ट पार्टीको सदस्यता लिएका नेपालीले अब अमेरिकाका लागि डीभी भर्न नपाईने, अमेरिकाले जारी गर्यो नयाँ कानुन



काठमाडौं । अमेरिकाले अब कम्युनिष्ट पार्टीको सदस्यता लिएका नागरिकलाई ग्रिनकार्ड नदिने घोषणा गरेको छ । अमेरिकास्थित नागरिकता तथा आप्रवासन सेवाले आफ्नो नीतिमा परिवर्तन गर्दै कम्युनिष्ट तथा अन्य अधिनायकबादी विचारधाराका मानिसहरुलाई नागरिकता नदिने उल्लेख गरेको हो ।

अमेरिकाले शुक्रबार एक सूचना जारी गर्दै उक्त घोषणा गरेको हो । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक भाषणमा पनि कम्युनिष्ट विचारधाराका मानिसलाई अमेरिकाको नागरिकता दिन नहुने विचार राखेका थिए ।

उनका अनुसार कम्युनिष्टलगायत अधिनायकबादी विचारधाराका मानिसहरु प्राय आतंककारी समुहमा पर्ने भन्दै यस्ता नागरिकलाई अमेरिकाको नागरिकता दिन नहुने उनको भनाई थियो । यस्ता नागरिकलाई नागरिकता दिने निर्णय अमेरिकाको संविधानविपरित भएको उनले भाषणमा उल्लेख गरेका छन् ।

अब अमेरिकाको नागरिकता तथा आप्रवासनसम्बन्धी नीतिमै कम्युनिष्ट पार्टीको सदस्यता भएका नागरिकले अमेरिकाको नागरिकताका लागि शपथ लिनुलाई नै अवैधानिक मानिएको छ ।
विश्वका विभिन्न देशबाट अमेरिकामै स्थायी बसोबास गर्न चाहने कम्युनिष्टहरुका लागि भने यो एक दुखद समाचार हुनसक्छ ।

नेपालकै सन्दर्भमा भन्नेहो भनेपनि बर्षेनी लाखौं नेपालीले अमेरिकामा स्थायी बसोबास गर्नेगरी डीभी भर्ने गरेका छन् भने सयौं नेपाली डीभीमार्फत स्थायी बसोबासका लागि अमेरिका जाने गरेका छन् । तर नयाँ नीति अनुसार अब भने कम्युनिष्ट पार्टीको सदस्यता लिएका नागरिकले डीभी पनि भर्न नपाईने संकेत देखिएको छ ।

डीभी पर्नु भनेको अमेरिकामा स्थायी बसोबासका लागि योग्य हुने भएको हुँदा अबका दिनमा अमेरिकी कानुनले कम्युनिष्ट पार्टीको सदस्यता लिएका व्यक्तिलाई स्थायी बसोबासका लागि अनुमति नै नदिने हुँदा त्यस्ता नेपालीले डीभी नै भर्न नमल्निे भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL