Logo

क्लियरिङ हाउसबाट बाहिरिँदै स्मार्ट च्वाईस, २ लाख ९८ हजार कित्ता सेयर लिलाम बढाबढमा बिक्री

क्लियरिङ हाउसबाट बाहिरिँदै स्मार्ट च्वाईस, २ लाख ९८ हजार कित्ता सेयर लिलाम बढाबढमा बिक्री



काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजीले नेपाल क्लियरिङ हाउस लिमिटेडको सेयर बिक्री गर्ने भएको छ । स्मार्टमाले नेपाल क्लियरिङ हाउसमा आफ्नो नाममा रहेको संस्थापक समूहको सेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।

स्मार्टको १० प्रतिशत अर्थात २ लाख ९८ हजार ८० कित्ता संस्थापक सेयर लिलाम बढावढमा बिक्री गर्न लागेको हो । कम्पनीले निकालेको सूचना अनुसार उक्त सेयरमा साविकका संस्थापक शेयरधनी वा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा सरकारी स्वामित्व रहेका विशेष ऐनद्वारा स्थापित संस्थाले आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्युनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिनेछ ।

सो सेयरमा असोज २० गते मंगलबारदेखि असोज २४ गते शनिबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । सो सेयरको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL