Logo

उद्योग राज्यमन्त्री दुगडकै कम्पनीले गर्यो कालोबजारी, कडा कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

काठमाडौं । उद्योग राज्यमन्त्री मोतीलाल दुगडकै कम्पनीले कालोबजारी गरेको पाईएपछि राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको छ ।

राज्यमन्त्री दुगडको कम्पनी दुगड स्पाईस एण्ड फुड प्रालिले कालोबजार गरेको भन्दै मञ्चले शुक्रबार उक्त उजुरी गरेको थियो । उक्त कम्पनीले बजारमा प्रतिकेजी २० रुपैयाँमा पाईने आयोडिनयुक्त नुनलाई प्रति १ सय ग्रामको ३२ रुपैयाँमा बेचेको उजुरीमा उल्लेख छ ।

मञ्चले उक्त नुनको उत्पादन, प्याकेजिङ बन्द गराई कम्पनी र मन्त्रीलाईसमेत कारबाही गर्न माग गरेको छ । यस्तै उक्त नुन उत्पादन र प्याकेजिङका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत स्वीकृत लिनुपर्ने भएपनि नलिएकोसमेत पाईएको छ ।

यस्तो छ मञ्चले लेखेको उजुरी पत्र :

उद्योग राज्यमन्त्री दुगडकै कम्पनीले गर्यो कालोबजारी, कडा कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी
उद्योग राज्यमन्त्री दुगडकै कम्पनीले गर्यो कालोबजारी, कडा कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी
उद्योग राज्यमन्त्री दुगडकै कम्पनीले गर्यो कालोबजारी, कडा कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा उजुरी

प्रतिक्रिया दिनुहोस्