Logo

यती एयरले १२ वर्षपछि पुनः सिमरा उडान भर्दै, यस्तो छ टिकट भाडा र उडान तालिका

यती एयरले १२ वर्षपछि पुनः सिमरा उडान भर्दै, यस्तो छ टिकट भाडा र उडान तालिका



काठमाडौं । निजी लगानीमा सञ्चालित यती एअरलाइन्सले १२ बर्षपछि सिमरा उडान भर्ने भएको छ । आफ्नो २२ औं बार्षिकोत्सवमा कम्पनीले उक्त घोषणा गरेको हो ।

सन् २००८ मा काठमाडौँ–सिमरा उडान भरेको यती एअरलाइन्सले १२ वर्षपछि असोज २१ (अक्टोबर ७) देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए । ‘सिमरा उडान भर्नेबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडान मार्फत सेवा विस्तार गर्नेछौँ,’ उनले भने, ‘विविध कारणले स्थगित भएको उडान १२ बर्ष पछि पुन सञ्चालन गर्न लागेका छौं उक्त गन्तब्यमा अब हाम्रो नियमीत उडान हुनेछन र यात्रुको माग बमोजिम उडान संख्या थपिने छ ।’
यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत प्रत्येक दिन विहान ९.०० बजे र साँझ ४.४५ बजे काठमाण्डौ देखी उडान भर्दैछ ।

एअरलाईन्सका बिक्री तथा बजार निर्देशक सरल शम्सेर जबराका अनुसार उक्त सेक्टरमा यात्रुहरुको माग वमोजिम पुनः सेवा प्रारम्भ गर्न लागेका छौं । हालको लागी प्रमोशनल भाडा काठमाडौँ– सिमरा–काठमाण्डौको एकतर्फी २ हजार ८ सय रुपैयाँ तोकेका छौं । यी गन्तब्यको टिकटहरु एअरलाईन्सका सेल्स अफिस तथा मोबाईल एप्स, नजिकको ट्राभल एजेन्सीहरु तथा अनलाईन मार्फत लिन सकिने उनले बताए ।

विसं २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हाल एटिआर–७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम–३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् ।

यती एअरलाइन्सका विमानले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान तथा तारा एअरले दुर्गम हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, वाजुरा जस्ता विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
व्यवसाय भन्दा सेवालाई प्राथमिकता दिएको भगीनी संस्था तारा एअरले नेपालगञ्ज र पोखरामा समेत स्थायी रुपमा विमान राखी नियमित तथा चार्टर उडान मार्फत दुर्गम क्षेत्रको विकासमा योगदान प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL