Logo

नेपाल–चीन पहिलो व्यापार बैठक : १ सय ८८ वस्तुलाई नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्न चीन सहमत

नेपाल–चीन पहिलो व्यापार बैठक : १ सय ८८ वस्तुलाई नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्न चीन सहमत



काठमाडौं । नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठकले १ सय ८८ वटा वस्तुलाई नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्न चीन सहमति गरेको छ ।
भर्चुअल माध्यमबाट आयोजना भएको बैठकमा १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य वस्तुलाई चीनले नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्ने सहमति चीनले दिएको हो ।

दुई देशबीच पारवाहन ढुवानी सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयन, व्यापार सहजीकरण, सीमा नजिक रहेका सीमा वारपार आर्थिक क्षेत्र स्थापना, व्यापार पूर्वाधार विकासमा सहयोगलगायत विषयमा सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमार्फत् रसुवाको टिमुरेमा जाँच स्टेसन–सुख्खा बन्दरगाह निर्माण गर्ने, यस्तै नेपालमा वनस्पति तथा पशुजन्य वस्तु जाँच गर्न चिनले सघाउने पनि भएको छ । सोही अवसरमा स्याफ्रुबेसी–रसुवा सडक स्तरोन्नतीमा चीनले सघाउने सहमति दिएको छ ।

यस्तै नेपाल(चीनबीचको दुवै नाका सञ्चालनमा आउने भएको छ । बैठकमा नेपालले चीनलाई मुस्ताङको कोराला नाकामा एकीकृत सीमा जाँच स्टेसन बनाउन अनुरोध गरेको छ । यस्तै किमाथांका र ओलांचुंगोलामा व्यापार पूर्वाधार बनाउन सम्भाव्यता अध्ययन गरिने भएको छ ।

व्यापार बैठकमा नेपाल र चीनका ११–११ जना सहभागी थिए । नेपाल टोलीको नेतृत्व सहसचिव प्रकाश दाहालले गरेका थिए भने चीनको तर्फबाट पेङ गाङले वैठकको नेतृत्व गरेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL