Logo

कोरोना खोप प्रभावकारी नहुँदै २० लाखको मृत्यु हुनसक्ने ‘डब्लूएचओ’को चेतावनी, सोचेभन्दा धेरै क्षति गर्ने दाबी

कोरोना खोप प्रभावकारी नहुँदै २० लाखको मृत्यु हुनसक्ने ‘डब्लूएचओ’को चेतावनी, सोचेभन्दा धेरै क्षति गर्ने दाबी



काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको छ । डब्लूएचओका अनुसार कोरोनाविरुद्धको प्रभावकारी खोप व्यापक प्रयोग हुनु अघि नै झण्डै २० लाख मानिसले ज्यान गुमाउने छन् ।

विश्व सामुदाय नै सचेत नभएमा कोरोना संक्रमणले सोचेभन्दा धेरै क्षति गर्ने डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले बताए । अन्तर्राष्ट्रिय एकता बिना कोरोना संक्रमणबाट मानिसले ज्यान जोगाउन नसक्ने उनको भनाइ छ । विश्वभर कोरोना संक्रमणका कारण अहिलेसम्म झण्डै १० लाख मानिसको मृत्यु भइसकेको छ ।

मौसमी रुघाखोकी जस्तै चिसो मौसममा कोरोनाको संक्रमण दर अझ बढ्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार उत्तरी गोलार्धमा जाडो महिना सुरु हुन थालेसँगै कोरोना भाइरसको दोस्रो लहर चल्नेछ ।

अहिलेसम्म अमेरिका, भारत र ब्राजिल गरेर तीन देशमा मात्रै एक करोड ७८ लाखमा जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाले सबैभन्दा प्रभावित मानिएको अमेरिकामा ७२ लाख ३३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख ८ हजारको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा ५९ लाखमा कोरोना पुष्टि हुँदा ९३ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ४६ लाख ८९ हजारमा कोरोना पुष्टि भएको छ । त्यहाँ मर्नेको संख्या १ लाख ४० हजार पुगेको छ ।

अहिलेसम्म विश्वभर ३ करोड २७ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ९ लाख ९२ हजारको ज्यान गुमाएका छन् भने २ करोड ४१ लाखले कोरोना जितेका छन्।

नेपालमा संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । जसमध्ये ५१ हजार ८६६ले कोरोना जितेका छन् भने ४५९ जनाले ज्यान गुमाएका छन् । पछिल्ला दिनमा नेपालका सहरी क्षेत्रमा कोरोना संक्रमण दर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL