Logo

कोरोना संक्रमणले बोनम्यारो इम्युन सेललाई समेत ‘ड्यामेज’ गर्ने, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष

कोरोना संक्रमणले बोनम्यारो इम्युन सेललाई समेत ‘ड्यामेज’ गर्ने, यस्तो छ नयाँ अध्ययनको निष्कर्ष



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धमा हालै गरिएको एक अध्ययनले नयाँ खुलासा गरेको छ । सो अध्ययनअनुसार मानव शरीरमा रहेको अस्थिपञ्जर प्रणालीभित्र रहने बोनम्यारोमा पनि कोभिड–१९ ले असर पार्ने देखिएकोे छ ।

यसअघि श्वासप्रश्वास, इम्युन सिस्टमलगायतका लागि समेत घातक मानिएको कोरोना भाईरसको संक्रमण अस्थिपञ्जरका लागि समेत घातक साबित भएको छ ।

अनुसन्धाताहरुले कोरोना भाईरस संक्रमणको समयमा हुने शारीरिक अवस्थालाई गहन अध्ययन गर्न संक्रमितहरु अस्पतालमा बसेको बेलाको रिपोर्ट तथा उनीहरुको इम्युन सेलको विश्लेषण गरेका थिए ।

तर, अधिकांश कोरोना संक्रमितमा विभिन्न रोग लाग्नुको साथै मोनोसाईट्रसले उचित काम नगरेको पाईएको थियो । मोनोसाईट्सहरुले बोनम्यारोबाट रिलिज भएको खण्डमा मानव शरीरमा उत्पन्न हुने कोरोनालगायतका खराब भाईरसलाई पराजित गर्न एकदमै प्रभावकारी रुपमा काम गर्दछन ।

तर, कोरोना भाईरसले बोनम्यारोमा उत्पादन हुने ईम्युन सेललाई समेत ड्यामेज पार्न सक्ने अनुसन्धाताहरु बताउँछन् ।

यस्तै कोरोना भाईरस एकचोटी लागिसकेपछि पुनः संक्रमण हुनेसमेत पछिल्लो समय चर्चाको बिषय बन्न पुगेको छ । तर, धेरैजसो कोरोना संक्रमित एकपटक निको भईसकेपछि पुनः दोहोरिएर आएको घटनाहरु बढेपछि यो सत्य हुने अनुसन्धाताहरुको मत छ । –याहुहेल्थबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL