Logo

कुलमानको पुनर्नियुक्तिबारे निर्णय भएन, सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली

कुलमानको पुनर्नियुक्तिबारे निर्णय भएन, सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमै पेस हुन सकेन ।

एक मन्त्रीका अनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमै आएको थिएन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद सकिइसकेको छ । उनैलाई दोहो¥याउने तयारी गरिएको भए पनि सरकारले निर्णय भने गर्न सकेको छैन ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । बैठकले ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।

तत्कालीन अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त थियो। उनी अन्य व्यवस्था नभएसम्मका लागि प्रवक्ता बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL