Logo

‌‌प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को नियमित बैठक, बामदेव र कुलमानको भाग्य फैसला हुने

‌‌प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को नियमित बैठक, बामदेव र कुलमानको भाग्य फैसला हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बोलाइएको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो । आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ ।

आज बस्ने बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता तोक्ने लगायतका केही महत्त्वपूर्ण निर्णयहरु गरिने बालुवाटार स्रोतले बताएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल र अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल आइतबार सकिएको छ । कुलमानको चार वर्षे कार्यकाल भदौ २८ गतेदेखि सकिएको छ। लोडसेडिङ हटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै सर्वसाधारणबीच कुलमानको लोकप्रियता बढ्दो छ।

त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सम्भावना रहेको छ। गौतमको नाम सोमबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गर्न सक्ने बताइएको छ ।

नेकपाको भदौ १८ गते बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL