Logo

विदेशमा अलपत्र सबै नेपालीको एक महिनाभित्र उद्धार गर्ने श्रममन्त्री यादवको दाबी, होला त बाचा पुरा ?

विदेशमा अलपत्र सबै नेपालीको एक महिनाभित्र उद्धार गर्ने श्रममन्त्री यादवको दाबी, होला त बाचा पुरा ?



काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेका सबै नेपाली नागरिकलाई एक महिना भित्र उद्दार गरिसक्ने बताएका छन् ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित भएका मन्त्री यादवले विदेशमा अलपत्र सबै नेपालीलाई एक महिना भित्र स्वदेश ल्याउने गरी काम अगाडि बढाइएको बताए ।

त्यसका लागि उडान संख्या थप्ने गरी व्यवस्थापन गरिएको पनि उनले बताए । सुरुमा दैनिक ५ सय नेपालीलाई ल्याउने भनिएकोमा पछि माग बढेपछि ८ सय ल्याउने व्यवस्था गरिएको र त्यो संख्या पनि कम भएपछि पछिल्लो समय त्यस्तो सीमा हटाएर सकेसम्म धेरै नेपालीलाई ल्याउने गरी व्यवस्था मिलाइएको बताए ।

सोही अनुसार भदौ २६ गते ८ सय ३६ जना, भदौ २७ गते ८ सय ८० जना र भदौ २८ गते ८ सय ९० जना नेपालीलाई उद्दार गरी नेपाल ल्याइएको पनि मन्त्री यादवले बताए । उनले पहिलो प्राथमिकतामा कम्पनी बन्द हुन लागेका श्रमिकहरु जसलाई कम्पनीले नै टिकट दिएको छ उनीहरुलाई र रोजगारी गुमाएर बेखर्ची भई बसेकालाई ल्याउने व्यवस्था मिलाइएको बताए ।

आफ्नै खर्चमा आउन नसक्ने र कम्पनीले समेत खर्च नव्यहोर्नेलाई घर सम्म पुग्ने खर्चको व्यवस्थापन वैदेशिक लोककल्याणकारी कोषबाट व्यवस्थापन गरिएको पनि उनले बताए । देशभित्र बेरोजगार भई बसेका श्रमिकहरुको उद्दारका लागि कुनै तथ्याङ्क नहुँदा समस्या भएको पनि उनले बताए । कोभिड सुरु भएसँगै राज्यले अर्बौं रुपैयाँको राहत वितरण गरेको तर त्यसको तथ्याङ्क नराखिएकाले अहिले फेरी समस्या आएको गुनासो मन्त्री यादवको छ ।

राहत वितरण गर्दा पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाउने हुँदा तथ्याङ्क नराखिएको हुनसक्ने बताए । यस्तो कुरा गर्नुपर्दा आफुलाई अफ्ठ्यारो लगिरहेको गुनासो समेत मन्त्री यादवको छ ।

बैठकमा सांसदहरुले विदेशमा अलपत्र परेका नेपालीहरुलाई छिटो भन्दा छिटो ल्याउन सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रश्न गरेका थिए । सांसदहरुले अलपत्र व्यक्तिलाई ल्याउने समबन्धमा सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा विदेशमा काम गर्ने श्रमिकहरुले दुःख पाइरहेको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिनुपर्ने बताए । स

मितिले विदेशमा अलपत्र सबै नेपाली श्रमिकलाई एक महिना भित्रै उद्दार गरी नेपाल ल्याइसक्ने व्यवस्था मिलाउन यादवलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्