Logo

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बिदाईको तयारी !

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बिदाईको तयारी !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिमा अन्यौलता देखिएको छ । हालका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त हुने र पुनः उनी नै नियुक्ति हुने चर्चासँगै प्राधिकरणमा कुलमानलाई बिदाई गर्ने कि स्वागत गर्ने भन्ने अन्यौलता बढेको छ ।

प्राधिकरणका एक वरिष्ठ अधिकारीका अनुसार पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रकृया अघि नबढेपछि प्राधिकरणमा घिसिङको बिदाईको तयारी भइरहेको छ ।

विस २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङको कार्यकाल सकिनु अघि नै पुनः नियुक्तिको व्यापक चर्चा भएपनि हालसम्म सरकारले स्पष्ट रुपमा बताएको छैन् ।

यस अघिको मन्त्रीपरिषद् २ पटक बस्न नसके पछि उनलाई नियुक्ति दिने विषय समेत अन्यौलमा परेको छ । उर्जा मन्त्री र पार्टी अध्यक्ष प्रचण्ड कुलमानलाई दोहोर्याउने पक्ष छन् भने प्रधानमन्त्रीले भने यस विषयमा छलफल गरेर नियुक्ति दिने बताएका छन् ।

यसैक्रममा आज नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको सरकारले टुंगो लाग्ने बताइएको छ । घिसिङको कार्यकाल आजै सकिने भएकोले आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ कार्यकारी निर्देशकको टुंगो लगाउने बालुवाटार स्रोतको दाबी छ ।

कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ भन्ने चासो आम जनतामा रहेको छ। सरकारले गरिरहेको आलटालले पनि चासो अझ बढेको छ । बहुमत जनता कुलमानलाई नै पुनः निरन्तरता दिनुपर्ने पक्षमा रहेका छन् ।

घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेसँगै देशमा रहेको दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाएका थिए भने प्राधिकरणलाई नाफा आर्जनमा पनि अब्बल बनाएर सबैभन्दा सफल संस्थाका रुपमा स्थापित गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL