Logo

कोरोनाका कारण विदेशमा थप ४३ जना नेपालीको मृत्यु, साउदी अरबमा मात्रै ५२ जना नेपालीको मृत्यु

कोरोनाका कारण विदेशमा थप ४३ जना नेपालीको मृत्यु, साउदी अरबमा मात्रै ५२ जना नेपालीको मृत्यु



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ४३ जना नेपालीको मृत्यु भएको छ । गएको मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको नेपालीको कोरोनाको कारण मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

योसँगै साउदी अरबमा मात्रै कोरोनाको कारण ५२ जना नेपालीको मृत्यु भएको छ । यस्तै गएको साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विदेशका विभिन्न १६ देशमा कोरोनाबाट २ सय ४३ नेपालीको मृत्यु भइसकेको स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाले जानकारी दिए ।

बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।

समितिका अनुसार अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL